अदालत परिसरबाटै अभियुक्त फरार

रबि धिताल

कैलाली, २९ माघ : जिल्ला अदालत परिसरबाट आज एक अभियुक्त फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमार्इंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

 हतकडी लगाएकै अवस्थामा दमाईं फरार भएको जनाइएको छ । फरार दमाईंको पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । 

-रासस

प्रतिक्रिया