Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment अवैध सुनका बालासहित दुई पक्राउ - Pnpkhabar.com

अवैध सुनका बालासहित दुई पक्राउ

रबि धिताल

काठमाडौँ, २५ माघ : प्रहरीले विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित आज दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित बसपार्कमा कतारबाट आएका शङ्कस्पद व्यक्तिको खानतलासी गर्दा उनीहरुको साथबाट ५०÷५० ग्राम तौल भएका सुनका सात थान बाला बरामद गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सप्तरीको मलानिया गाउँपालिका–१ का २० वर्षीय सन्तोष यादव र धनुषाको जनकनन्दनी नगरपालिका–२ का २५ वर्षीय समिम साफी रहेका छन् । यादवको साथबाट चार थान र साफीको साथबाट तीन थान सुनको बाला बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान शुरु गरेको थियो ।
-रासस

प्रतिक्रिया