Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment आज मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम - Pnpkhabar.com

आज मंगलबारको दिन भुलेर पनि नगर्नुहोस् यी ५ काम

रिता घिसिंग,
October 9, 2018

एजेन्सी : धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम
१, मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२, मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३, मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
४, मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५, मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

प्रतिक्रिया