Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता - Pnpkhabar.com

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

शर्मिला गुरुङ

काराकास, २९ जेठ (रासस÷एएफपी) – भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।

पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिनुभयो । उहाँले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताउनुभयो ।

उक्त घटनाका बारेमा अधिकारीहरुले भने कुनै टिप्पणी गरेका छैनन् ।
तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन्। तर भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो होइन भन्ने एकिन हुन सकेको छैन ।

एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो । हालसम्म ८० जना बेपत्ता छन् ।
यसअघिका दुई वटा डुंगा क्यारेबियन मुलुक ट्रिनीडाड एन्ड टोबागोतर्फ हिँडेका थिए ।
परिवारका सदस्यहरुका अनुसार आप्रवासी प्रत्येक व्यक्तिले समुद्र पार गर्न ४०० अमेरिकी डलर तिर्नु पर्दछ । संयुक्तराष्ट्र संघले भेनेजुएलाका तीन करोड

जनसंख्यामध्ये एक तिहाईलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ ।
राष्ट्रसंघले विगत तीन चार वर्षको अवधिमा झण्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएका छन् । तर विदेशमन्त्री जर्ज एरेजाले राष्ट्रसंघको तथ्याँक गलत रहेको दाबी गर्नुभएको छ ।
 

प्रतिक्रिया