एनआरएनए अमेरिकाबाट भावी आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

शर्मिला गुरुङ

अमेरिका, १४ जेठ : एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाव सकिए लगत्तै एनआरएनए आईसीसी चुनाबको लागि भावी प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ ।

अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान अधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष,नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संमयोजक तथा बिनोद तिवारी क्षेत्रिय उप संमयोजकमा भिड्ने तयारि भईरहेको कुरा बिसेष शुत्र बाट थाहा भएको छ । त्यसैगरि जर्मनीका एनआरएएनए आईसीसी बर्तमान उपाधक्ष्य कुमार पन्त भाबि अधक्ष्यका प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ ।

विगत वर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएनएहरुले छुट्टै प्रभाब तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन अहीले सबैको चासोको बिषय समेत बनेको छ ।

प्रतिक्रिया