Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment ए डिभिजन लिग फुटबल – पहिलो खेल बराबरी - Pnpkhabar.com

ए डिभिजन लिग फुटबल – पहिलो खेल बराबरी

admin,
October 12, 2018

काठमाडौँ, २६ असोज : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।


सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले अङ्क बाँडेका छन् ।

यस खेलसँगै दुवै टोलीले १÷१ अङ्क जोडेका छन् । खेलमा हिमालयन शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए । सोही मैदानमा आजै हुने दोस्रो खेलमा मनाङ–मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन् । लिगको विजेताले रु ५० लाख तथा उपविजेताले रु ३५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचाँैले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ । फेयर प्ले टोलीले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । रासस

प्रतिक्रिया