Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment कस्ता कन्या भाग्यशाली हुन्छन ? जान्नुहोस... - Pnpkhabar.com

कस्ता कन्या भाग्यशाली हुन्छन ? जान्नुहोस…

मनिषा थापा

एजेन्सी : प्राचीन पूर्विय दर्शनमध्ये सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ ।

साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ । कुन कन्या कस्ती छन् भनेर कसरी थाहा पाउने त भन्ने बारेमा यो सामग्री उपयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ :

साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ । कुन कन्या कस्ती छन् भनेर कसरी थाहा पाउने त भन्ने बारेमा यो सामग्री उपयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ :

१. जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् ।

२. जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफूले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् ।

३. जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफू र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन् ।

४. नाकको अघिल्लो भागमा कोठी हुने कन्या धनधान्यले पूर्ण हुन्छिन् ।

५. पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् ।

६. जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् । यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ ।

७. जुन कन्याको पैतालामा त्रिकोणको चिन्ह हुुन्छ ती कन्या अत्यधिक चलाख हुन्छिन् भनिएको छ । यस्ता कन्याले आफ्नो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् ।

८. नाभीको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन बिताउने किसिमका हुन्छन् ।

९. समुन्द्र शास्त्रका अनुसार जुन कन्याको खुट्टाका औंला उठेको, गोलो, रातोरातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् ।

प्रतिक्रिया