Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment कांग्रेस नैतिकवान् पार्टी हो : नेता पौडेल - Pnpkhabar.com

कांग्रेस नैतिकवान् पार्टी हो : नेता पौडेल

शर्मिला गुरुङ

काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गर्नुभयो ।

उहाँले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गर्नुभयो । वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गर्नुभयो ।
नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एकमहीने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेश आचार्य, १ नं प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारीलगायतले पार्टीको जागरण कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । रासस

प्रतिक्रिया