काभ्रेमा ट्रिपरमा च्यापिएर चालकको मृत्यु

रबि धिताल

धुलिखेल, ७ बैशाखः बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा ट्रिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ का ४५ बर्षीय केदार बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो ।

प्रहरीका अनुसार शनिबार बिहान धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो । ट्रिपर सडकबाट झण्डै ३ सय मिटर खसेको छ । भिरमा खसेका कारण चालकको शव निकाल्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया