Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment किशोरी हत्या आरोपमा पक्राउ - Pnpkhabar.com

किशोरी हत्या आरोपमा पक्राउ

रबि धिताल

पाँचथर, ३० वैशाख: हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका–२ का भगिरथ बाँस्तोलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

बाँस्तोलाले प्रारम्भिक बयानमा आफू र सोही स्थान बस्ने मृतकका प्रेमी पदम तामाङ मिलेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

बाँस्तोला पक्राउ परे पनि अर्का आरोपित तामाङ भने अझै फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको बताइएको छ । किशोरी शितल योङहाङको आइतबार राति वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया