Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment कुहिएको बेवारिसे शवलाई आफ्नै हातले दागवती दिँदै आएका बिनयको सरकारप्रति यस्तो आक्रोश [हेर्नुहोस् भिडियो] - Pnpkhabar.com

कुहिएको बेवारिसे शवलाई आफ्नै हातले दागवती दिँदै आएका बिनयको सरकारप्रति यस्तो आक्रोश [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ,
September 26, 2018

पिएनपिखबर, भक्तपुर। बस्नेत शिक्षण अस्पतालको बेवारिसे शव कक्ष पुगे, उनमा अनौठो इच्छा पलायो– बेवारिसे शवको दाहसंस्कार गर्ने।

त्यही अठोट पूरा गर्न उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्। उनी तीन वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गरिरहेका छन्। अहिलेसम्म ६४ बेवारिसे शवको दाहसंस्कार गरेको विनय बताउँछन्।

ललितपुर, टीकाथलीबाट साथीको घरमा जान्छु भनेर हिँडेका बुबा श्यामबहादुर तीन दिनपछि शिक्षण अस्पतालको बेवारिसे शव कक्षमा भेटिए।

१२ वर्षअघि सवारी दुर्घटनमा मृत्यु भएका बुबा श्यामबहादुरलाई शिक्षण अस्पतालको शवगृहमा बेवारिसे शवको थुप्रोमा भेटाएका थिए । बुबासँगै अन्य बेवारिसे शव कुहिएको देख्दा उनको मन छट्पटियो । त्यतिबेलादेखि उनले बेवारिसे शवको व्यवस्थापन गर्ने प्रण गरेका थिए । दिवंगत आत्माको शान्तिका लागि बेवारिसे शवको दाहसंस्कार गर्ने इच्छा जाग्यो।

तर, उनीसँग दाहसंस्कारलाई आवश्यक पैसा थिएन। यसले उनको चाहना पूरा हुन सकेन। उनले पैसा कमाएपछि यो काम गर्ने अठोठ लिए।

यसअघि नै उनकी आमा स्वर्गारोहण भएकी थिइन्। आमाबुबाबाट टाडिनुको पीडाले उनी दुर्व्यसनीमा फस्दै गए। पाँच/सात वर्षसम्म दुव्यर्सनमै फसे।

मामाको छोरा नवीन खड्का अमेरिकाबाट फर्केपछि उनलाई पुनस्थार्पना केन्द्रसम्म पुर्‍यायो। उनी चौभारको रिजमण्ड फेलोसिप नेपाल पुनर्स्थापना केन्द्रमा तीन महिना बसे। उनी अहिले त्यही काम गरिरहेका छन्।

पुनर्स्थापना केन्द्रमा बसेपछि उनी अठोठ पूरा गर्न लागिपरे। पुनर्स्थापना केन्द्रमा मोटिभेसन कक्षाबाट कमाएको रकम अहिले उनी दाहसंस्कारमा खर्चिने गरेका छन्। ‘आधा दर्जनभन्दा बढी पुनर्स्थापना केन्द्रमा मोटिभेसन कक्षा लिने गरेको छु,’ विनयले भने, ‘त्यहीको पारिश्रमिकबाट बेवारिसे शवको दाहसंस्कार गर्न खर्च चलाइरहेकोे छु।’

तीन वर्षअघि उनी पुनर्स्थापना केन्द्रबाट कक्षा सकाएर फर्किदै थिए। इमाडोलको एउटा पार्टीमा बेवारिसे बिरामी छटपटाइरहेको देखे। त्यहाँ अरु मान्छे पनि थिए। तर, कसैले सहयोग गरेनन्।

बिरामीलाई उनले किस्ट अस्पताल पुर्‍याए। तर, अस्पतालले भर्ना गर्न मानेन। उनले चिकित्सकको सल्लाहअनुसार बिरामीका लागि औषधी किनिदिए। पछि उक्त बिरामीलाई पाटन अस्पताल पुर्‍याइयो। त्यसको केही दिनपछि बिरामीको मृत्यु भयो। विनयले पहिलोपटक दाहसंस्कार गरेको बेवारिसे सव त्यही नै थियो।

‘नियम अनुसार मृत्यु भएको ३५ दिन पुगेपछि कानुन प्रक्रिया पुर्‍याएर दाहसंस्कार गर्न मिल्छ ,’ उनले भने।

एउटा शवको दाहसंस्कारका लागि ८–११ हजार रूपैयाँसम्म खर्च हुने गरेको छ। दिवंगत आत्माको शान्तिका लागि दाहसंस्कार गरेको १३ दिनपछि पूजा गर्छन्। त्यति मात्र होइन, प्रत्येक बिहान दागबत्ती दिएका शवको सम्झनामा धुप सल्काउने गरेको विनय बताउँछन्।

‘शवमा दागबत्ती दिएपछि दिवंगत आत्माले शान्ति पाएर मेरै आमाबुबा भएको ठाउँमा पुगे होलान जस्तो लाग्छ,’ उनले भने।

बेवारिसे शव दाहसंस्कार गर्न उनलाई प्रहरीबाट नै बढी सम्पर्क आउँछ। बाटोघाटोमा बेवारिसे भएका बिरामीलाई पाटन अस्पतालसम्म पुर्‍याउने र मृत्यु भएको खण्डमा प्रहरीले नै विनयलाई सम्पर्क गर्छ। उसो त पाटन अस्पतालले पनि विनयलाई सम्पर्क गर्छ।

‘अस्पतालले अनुमति दिएपछि पाटनमा रहेका ९ शव एकै पटक दाहसंस्कार गराए,’ उनले भने, ‘त्यसपछि पाटनमा अहिलेसम्म शव थन्काएर, कुहाएर वर्षौसम्म राख्नुपरेको छैन।’ बेवारिसे शव आएको खण्डमा ३५ दिन पुग्नेबितिकै विनय गएर दाहसंस्कार गर्छन्।

बस्नेतले शव जलाउन चाहिने रकम जुटाउन साथीभाइसँग गुहार माग्छन् । अनि आफूसँग भएको थपथाप गरी जलाउने बन्दोबस्त मिलाउँछन् । त्यतिले पनि पुगेन भने उनी कार्यरत संस्थाबाट पेस्की लिन्छन् । उपमहानगरपालिकासँग समन्वय गरी उनले बेवारिसे शव व्यवस्थापन गर्दै आएका छन् । शाखाका इन्जिनियर प्रदीप अमात्यले बस्नेतसँग शव जलाउन आवश्यक जनशक्ति र ज्ञान भएको बताए । बस्नेत यति मात्र नभई कतै लागूपदार्थको कुलतमा फसेका युवा भेटिए उनीहरूलाई जीवनको महत्त्व बुझाउँछन् । ३ वर्षअघि उनको परिचय मदिरा दुव्र्यसनीका रूपमा थियो । अहिले उनको परिचय बदलिएको छ– समाजसेवी । १८ वर्षदेखि उनी मदिरामा यसरी डुबे कि जीवन तहसनसह भएको उनलाई पत्तै भएन ।

अभिभावकको कर्तव्य बिर्संदै गए । मदिराका कारण उनले जीवनमा धेरै गुमाए । उनलाई सुधार्ने प्रयास असफल भएपछि छोरी लिएर माइत गएकी पत्नी अझै फर्किएकी छैनन् । धन्य साथीभाइले उनलाई बेलैमा पुन:स्थापना केन्द्रमा लगे । चोभारस्थित रिचमन्ड परामर्श केन्द्रमा ३ महिना बसेपछि उनको भित्री आँखा खुल्न थाले । यसबाट ब्युँझेपछि उनले बाँच्ने शैली बदले । ‘निभ्नै लागेको दियोमा तेल थपियो,’ उनी भन्छन् ।

त्यसयता उनी दु:खीका हात समाउन व्यस्त छन् । उनी अहिले केन्द्रमा कुलतमा फसेकालाई उकास्ने प्रयासमा पनि संलग्न छन् । उनको उद्देश्य अहिले कुलतमा फसेकालाई नयाँ जीवन दिनु बनेको छ । बेवारिसे शव ललितपुरमा मात्र नभई मुलुकभर छन् । यसलाई व्यवस्थापन गर्न उनी एक संस्था दर्ता गर्ने योजनामा छन् । उनलाई दीपक गौतम, सुप्रदीप्त न्यौपाने, सुमेश थापा, नरेश श्रेष्ठ, म्याक्स बस्नेत, रमेश खड्का, सरस्वती पौडेल र पविना लामाले साथ दिएका छन् । बस्नेतको बेवारिसे शवको व्यवस्थापनमा लाग्नुको रहस्य पनि बेग्लै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू

७ वर्ष देखिको प्रेम अन्तत विवाहमा परिणत : यसरी बन्यो समाजकै उदाहरणीय ऐतिहासिक विवाह, यस्तो रहेछ प्रेम कथा [हेर्नुहोस भिडियो सहित्]

अघोरी शम्भु भन्छन, ‘पशुपतिनाथमा मरेको मानिसको लुगा समेत लाए, अहिले अघोरी बन्न पाउँदा खुशी छु, परिवार लाजले टाढा भए’ [हेर्नुहोस भिडियो सहित्]

युकेमा बसेकी दिदीले एक टुक्रो जग्गाको लागि यति सम्म गरिन !! बहिनीलाई घर निकाल्न अदालतका मान्छे पुग्दा [हेर्नुहोस भिडियो]

अन्तत: भाइरल ज्योतिषले भने भिडियो भाइरल बनाउन मलाई प्रयोग गरियो [हेर्नुहोस भिडियो सहित्]

समाजकै उदाहरणीय विवाह : राम्री बुहारी पाएपछि भावुक भए लेखबहादुर मोक्तानका बाबु-आमा [हेर्नुहोस भिडियो सहित्]