Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment गरिबी कै कारण चर्चित मोडल सारिका र जय देवकोटाले यसपालीको दशैँ भोकभोकै मनाउदै [भिडियो सहित] - Pnpkhabar.com

गरिबी कै कारण चर्चित मोडल सारिका र जय देवकोटाले यसपालीको दशैँ भोकभोकै मनाउदै [भिडियो सहित]

admin,
October 12, 2018

काठमाडौँ, गरिवीको चपेटामा परेका आम नागरिकको बास्तविक जिवन घटनामा आधारित रहेर नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गीत “शुन्य” को भिडियो बजारमा आएको छ ।

गायक इन्द जैगडी, शान्ति रेग्मी क्षेत्री, कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोक कोशेली “शुन्य ” गीतको भिडियो बजारमा आएको छ । प्रियसी म्युजिक प्रालीले गीतलाई बजारमा ल्याएको हो ।

फरक रुपमा प्रस्तुत गरिएको गीतमा दशँै मनाउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको मौलिक लय सिर्जना गीतमा रहेको छ । बबिता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईले छयाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन । गीतमा जय देवकोटा , सारिका केसी , कृष क्षेत्री र आरोही श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया