Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment गोठमा आगलागी हुँदा एक बालकको मृत्यु - Pnpkhabar.com

गोठमा आगलागी हुँदा एक बालकको मृत्यु

रबि धिताल

गलकोट, ७ वैशाख  : बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आज आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उहाँका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आमा तरकारी टिप्न बारीमा गएको र बालबालिका गोठमा खेलिरहेको समयमा आगलागी भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुवीर विकले जानकारी दिनुभयो । आगलागीमा परेर मृतक विशाल सुनारका दाजु विनोदसुनार सामान्य घाइते भएका छन् । गोठको भारमा आगलागी भएको भए पनि गोठको तल्लो भागमा रहेका गाईबस्तुलाई कुनै क्षति नभएको बताइएको छ । 

 

भारमा भएको पराल र अन्य सामग्री भने जलेर पूर्णरुपमा नष्ट हुँदा करीब रु तीन लाख बराबरको आर्थिक क्षति भएको वडाध्यक्ष विकले बताउनुभयो । आगलागीपश्चात् स्थानीयको जानकारीमा घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलाको टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

-रासस

प्रतिक्रिया