Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा छ वटा मोटरसाइकलमा आगजनी - Pnpkhabar.com

गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा छ वटा मोटरसाइकलमा आगजनी

रिता घिसिंग,
December 3, 2018

लमही, १७ मङ्सिर : दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
–रासस

प्रतिक्रिया