घट्यो सुनको भाउ

मनिषा थापा

आज शाताको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेको छ। हिजो छापावाल सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहीबार तेजाबी सुन ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया