Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ - Pnpkhabar.com

चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

रिता घिसिंग,
September 28, 2018

नेपालगञ्ज, बाँके, १२ असोज : प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई पक्राउ गरेको हो । नेपालीसँग रहेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

चितुवा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेल बताउनुहुन्छ । दुवै छालामा गोली लागेको प्वाल रहेको छ । नेपाली र वादीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ ।
रासस

प्रतिक्रिया