Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment जाडोमा आफ्नो स्वास्थ्यको यसरी ख्याल राख्नुहोस् - Pnpkhabar.com

जाडोमा आफ्नो स्वास्थ्यको यसरी ख्याल राख्नुहोस्

मनिषा थापा

जाडो महिना शुरुवातसंगै मानव स्वास्थ्यमा विभिन्न रोगहरुले संक्रमण गर्ने संम्भावना अत्याधिक मात्रामा हुने गर्छ।

गर्मीयाममा भन्दा जाडोको सिजनमा सानातिना रोगहरुले चाँडै समात्ने गर्दछ । जाडो महिनामा बालबालिका, गर्भवती र बृद्धबृद्धाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ । रुघाखोकी, दम र सिजनल फ्लुजस्ता रोगहरुले उनीहरुलाई बढी सताउँने गर्दछ ।

स्वास्थ्यको हिसाबले बालबालिका, गर्भवती र बृद्धबृद्धालाई पहिलो प्राथमिकतामा हेरिए पनि जाडोयाममा सबैले धेरै मात्रामा चिसोबाट बच्नुपर्ने हुन्छ ।

चिसोले मुख्यतः ओठ, कुर्कुचा, छाला फुट्ने गर्दछ । साधारण रोग लागे पनि निको हुन प्राय लामो समय लाग्ने गर्दछ।

जाडोबाट बच्नका लागि न्यानो कपडाहरु, टोपी, सुईटर, ट्राउजर, मोजा लगाउने गरेमा टाउको तथा खुट्टाको पैतालाबाट चिसोले आक्रमण गर्दैन ।

चिसो समयमा बाहिर धेरै हिंडडुल कम गर्ने, तातो झोलिलो पदार्थ धेरै पिउने गरेमा चिसोबाट टाढा रहन सकिनेछ ।

चिसोका कारण मानिसले सरसफाईमा कम मात्रामा ध्यान दिने भएकाले शरीरमा विभिन्न किसिमका फोका, बिबिरा आउने गर्छन् ।

तातोपानीले शरीर सफाई र ओढ्ने, ओछ्याउने कपडालाई हप्ता दिन अन्तरमा सफागरी घाममा सुकाएर पुनः प्रयोग गरेमा त्यस्ता समस्याबाट छुटकारा मिल्ने चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया