Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment जिन्दगीभरि पाप गरेपनि कसरी स्वर्ग पुगे दुर्योधन ? - Pnpkhabar.com

जिन्दगीभरि पाप गरेपनि कसरी स्वर्ग पुगे दुर्योधन ?

रिता घिसिंग

एजेन्सी : महाभारतको युद्ध समाप्त हुँदासम्म कौरव योद्धाहरू सोत्तर भइसकेका थिए। पाण्डव पनि केही समयका लागि हस्तिनापुरमा राज्य गरेर हिमालय गए। त्यहाँ पनि एक एक गर्दै चार भाइको मृत्यु भयो । एक युधिष्ठिर मात्र कुकुरको साथ लागेर जीवितै स्वर्ग गए। उनले स्वर्ग र नर्क दुवै देखे।

स्वर्गमा प्रवेश गर्दा युधिष्ठिरले दुर्योधनलाई देखे । आफ्ना भाइहरूलाई पनि उनले भेटे । कसरी दुर्योधन स्वर्ग पुग्यो होला भन्ने भीमको जिज्ञासा रह्यो । जीवनभरि पुण्यको कुनै काम नगरेको दुर्योधन कुन पुण्यले स्वर्ग पुग्यो होला भनी भीम छक्क पर्नु स्वाभाविक थियो । ईश्वरको न्यायसम्पानमा कुनै त्रुटि पो भयो कि भनी उनलाई लाग्यो ।

तर युधिष्ठिरले यसको उत्तर दिए । उनका अनुसार सानो पुण्य ग-यो भनेपनि स्वर्गमा बस्न पाइन्छ । धेरै खराबी हुँदाहुँदै पनि दुर्योधनमा एउटा सद्गुण थियो । आफ्नो लक्ष्यप्राप्तिका लागि ऊ डटेर लाग्थ्यो । उसको लक्ष्य खराबै भएपनि ऊ त्यसमा दत्तचित्त भएर लाग्थ्यो । ध्येयप्रति तन्मय भएर लाग्नु सद्गुण हो । यही सद्गुणजन्य पुण्यको परिणामस्वरूप केही समयका लागि दुर्योधनले स्वर्गभोग गर्न पायो ।

प्रतिक्रिया