Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment ट्याक्टरबाट खसेर महिलाको मृत्यु - Pnpkhabar.com

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

admin,
October 12, 2018

भोजपुर, २६ असोज : ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार वार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


फाइल फोटो

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया