डुबेर बालकको मृत्यु

राष्ट्रिय समाचार समिति

इनरुवा, २९ असार: सुनसरीको हरिनगर गाउँपालिका–२ रामनगर भुटहामा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । पानीमा डुबेर १२ वर्षीय तोसिफ मियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

फाइल फोटो

मियाँको शव परीक्षणपछि उनको परिवारलाई बुझाइएको जिल्ला अस्पताल इनरुवाले जनाएको छ । रासस

प्रतिक्रिया