Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फेरी अर्को व्यक्ति पक्राउ - Pnpkhabar.com मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित फेरी अर्को व्यक्ति पक्राउ

शर्मिला गुरुङ,
December 4, 2018

काठमाडौँ, १८ मङ्सिर  :  हानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पुजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल डाइजेल्याव बरामद गरेको जानकारी दिनुभयो ।

सुनसहित एक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एकजनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षामा खटिएको टोलीले तीन थान सुनको बालासहित धनुषा गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका महमदबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया