Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ - Pnpkhabar.com

नागढुङ्गाबाट लागूऔषधसहित एक पक्राउ

रबि धिताल,
December 6, 2018

काठमाडौँ, २० मङ्सिर : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले काठमाडौँ महानगरपालिका–२ नागढुङ्गामा गरेको जाँचमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा आउँदै गरेका काठमाडौँ बौद्धका २० वर्षीय सान्जे शेर्पालाई आज पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका शेर्पासँग ९३ एम्पुल डाइजेल्याव, ९१ एम्पुल फेनार्गन र ९० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ शेर्पालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।
-रासस

प्रतिक्रिया