Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment नायिका एमी ज्याकसनपछि अब ब्रुना अब्दुल्लाह पनि बिहे नगरी आमा बन्दै - Pnpkhabar.com

नायिका एमी ज्याकसनपछि अब ब्रुना अब्दुल्लाह पनि बिहे नगरी आमा बन्दै

रिता घिसिंग

एजेन्सी : बलिउड नायिका एमी ज्याकसनपछि अब ब्रुना अब्दुल्लाह पनि विवाह अघि नै आमा बन्न लागेकी छिन् । ब्रुना ब्राजिलियन मोडल हुन् र उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले गत वर्षको जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी थिइन् । एक अन्तरवार्तामा ब्रुनाले आफू गर्भवती भएको खुलासा गरेकी छिन् । ब्रुनाले अन्तरराष्ट्रिय मदर्श डेको एक दिन अघि यसबारे जानकारी दिएकी हुन् ।

अन्तरवार्ताको क्रममा जब उनलाई विवाह अघि नै आमा बन्न लाग्नुभयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘विवाह तपाईंको प्रेमलाई दिइने एउटा प्रमाणपत्र मात्र हो । यसले दुई व्यक्तिलाई सँगै बस्नका लागि बाध्य बनाउँछ । केही मानिस विवाहै नगरी सँगै बस्छन् ।’ ब्रुना पाँच महिनाकी गर्भवती हुन् । उनले आफ्नो बच्चा निकै स्वस्थ भएको बताइन् । उनी भन्छन्, ‘हाम्रो परिवार यो खुसीको खबरले निकै खुसी र उत्साहित छ । विशेषगरी मेरी आमा । उहाँ म आमा बनोस् भन्ने चाहनुहुन्थ्यो । एलन र म आफ्नो पहिलो सन्तानलाई निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौं । जब मलाई म गर्भवती भएको भन्ने थाहा भयो तब मसँग विभिन्न काम थिए । सुरुमा मैले आफ्ना सबै काम पूरा गरेँ र त्यसपछि यसबारे खुलासा गरेँ । बच्चाको जन्म पछि म धेरैजसो समय उसैसँग बिताउनेछु ।’

ब्रुना आइ हेट लभ स्टोरी, ग्रान्ड मस्ती, मस्तीजादे र क्यासजस्ता फिल्ममा काम गरिसकेकी छिन् । यसबाहेक उनले विभिन्न रियालिटी शोमा पनि काम गरिसकेकी छिन् । यसमा खतरोंका खिलाडी, नच बलिए सिजन सिक्स र कमेडी क्लासेज संलग्न छन् । उनलाई अन्तिम पटक उडनछुमा देखिएकी थिइन् ।

प्रतिक्रिया