Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी - Pnpkhabar.com समाचार

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी

शर्मिला गुरुङ

जनकपुरधाम, २९ पुस : धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी हुनुभएको छ । 

सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा रुपेशकुमार सिंह निर्वाचित हुनुभएको छ । 

सदस्यअन्तर्गत ‘घ’ श्रेणीका सदस्यमा विजयकुमार झा, सन्तोषकुमार मुखिया र नवनीतकुमार झा निर्वाचित हुनुभएको छ । रासस 

 

प्रतिक्रिया