Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना - Pnpkhabar.com

नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना

रबि धिताल,
December 7, 2018

खलङ्गा, २१ मङ्सीर: नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रदेश कमिटीमा जुम्लाबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेमा पूर्वमाओवादी केन्द्रबाट पाँच र पूर्वएमालेबाट नौ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकामा पूर्ण धिताल, गोमा कुँवर, बिरबहादुर कुँवर, नमराज न्यौपाने र लक्ष्मीकन्य बुढा रहेका छन् ।

त्यसैगरी पूर्वएमालेबाट चयन भएकामा बलबहादुर महत, टेकराज पछाई, शक्तिलाल महत, गोरख पछाई, पदमबहादुर रोकाय, डा कुशेन्दबहादुर महत, देवीलाल थापा, तिर्थबहादुर बुढा र धिरेन्द्रराज गिरी रहेका छन् ।
-रासस

प्रतिक्रिया