Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि बिरामीको मृत्यु, ओम अस्पताल तनावग्रस्त - Pnpkhabar.com

पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि बिरामीको मृत्यु, ओम अस्पताल तनावग्रस्त

रिता घिसिंग

काठमाडौं : काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ । पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित भएका छन् ।

मृतकका आफन्तले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेका कारण सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएको जनाएका छन् । अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको काे साेही कारण मलद्वारबाट निस्कनुपर्ने फोहोर बाहिर निश्किन नसक्दा शरिरमा समस्या आएर बिरामीको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएको छ।

मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् । पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो ।

अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । अस्पतालले भने यस विषयमा केही प्रतिक्रिया दिएको दिएको छैन्।

प्रतिक्रिया