Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment प्रहरीकै अगाडि तरबार प्रहार गर्ने पक्राउ - Pnpkhabar.com

प्रहरीकै अगाडि तरबार प्रहार गर्ने पक्राउ

रबि धिताल

रत्ननगर, २५ माघ: यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय किरण घिमिरेलाई तरबार प्रहार गरेकै अवस्थामा १९ वर्षीय बस्नेतलाई तीन फिट १० इञ्चको तरबारसहित पक्राउ गरेको इप्रकाका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

पुरानो झैँझगडा र रिसिइबीले तरबार प्रहार गरेको देखिएको उहाँले जानकारी दिनुभयो । बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको प्रहरीले जनाएको छ । बस्नेतले लामो समयदेखि स्थानीयवासीलाई डरधम्की र तर्साउने कार्य गर्दै आएको बताइएको छ ।
-रासस

प्रतिक्रिया