Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment प्रेम सम्बन्ध सुमधुर र प्रगाढ राख्न अपनाउनुहोस् यी उपाय... - Pnpkhabar.com

प्रेम सम्बन्ध सुमधुर र प्रगाढ राख्न अपनाउनुहोस् यी उपाय…

मनिषा थापा

एजेन्सी : दाम्पत्य जिवनलाई सुमधुर बनाइराख्नु निकै चुनौतिपूर्ण कुरा हो। अझ अहिलेको खुल्ला समाज, पति पत्नी दुबैको रोजगारीको अवस्था तथा आबद्धता जस्ता विषयहरु पारिवारिक खटपटका लागि निकै जिम्मेवार हुने गरेका छन् । तर यस्तो चुनौतिपूर्ण अवस्थामा पनि श्रीमान श्रीमतीमा आपसी विश्वास भयो भने वैवाहिक सम्बन्ध दीगो रहन्छ । दाम्पत्य सम्बन्धलाई दीगो बनाउने ५ उपाय यस्ता छन्ः

माफी माग्नुः विवाह तथा प्रेमको मामिलामा प्रायः मानिसहरु रिस तथा इगोमा परेर कतिपय अपि्रय निर्णयहरु गर्दछन् जसले आपसी सम्बन्धलाई बिगार्दछ। त्यसैले सदैव आफ्नो गल्तीलाई स्विकार्ने बानी बसाल्नुपर्छ। झगडा बढ्दा आफु शान्त हुने उपाय अपनाउनुपर्छ। माफ गर्नुस् तथा धन्यवाद भन्ने जस्तो शव्दहरु झगडा हुँदा प्रयोग गर्न सबैलाई गाह्रो हुन्छ। तर आफुले गल्ती गरेको बेला माफी माग्न नहिच्किचाउनुहोस् ।

समयको मूल्यलाई बुझ्नेः कुनैपनि नाता सम्बन्धलाई जिवनभर सम्हाल्नका लागि त्यसमा समय त खर्च गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नो पार्टनरका लागि उचीत मौकामा पर्याप्त समय दिनुहोस् । गरेको बाचा पूरा गर्ने गर्नुहोस् । समयको सदैव ख्याल गर्नुहोस् ।

एक अर्काको कुरा बुझ्ने बानी बसाल्नेः कुराकानीको क्रममा वादविवाद हुनु हरेक दम्पत्तिमा सामान्य कुरा हो। कतिपय अवस्थामा विचारमा टकराव पनि आउन सक्दछ, जसले सम्बन्धलाई नै टुटाइदिन सक्छ। त्यसैले विचार तथा अडानमा लचिलो बन्ने र एक अर्काको कुरा तथा भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ।

यौन जिवनलाई हेलचेक्राइ नगर्नेः अधिकतम विवाहति जोडीहरुबीचको अन्तरंग सम्बन्धमै उत्पन्न हुने खराबीका कारणउनीहरुको सम्बन्धमा खाडल उत्पन्न हुने गर्दछ। त्यसैले दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि सुखमय यौन सम्बन्धलाई पनि मजबुत बनाउनुपर्छ।

विश्वासः हरेक समय आफ्नो पार्टनरमा शंका गर्नु ठीक हुँदैन, न त पार्टनरमा अन्धविश्वास गर्नु नै ठीक हो। एक अध्ययन अनुसार ७० प्रतिशत विवाहित पुरुषहरु परस्त्रीसँगको सम्बन्धमा हुन्छन् भने ५० प्रतिशत विवाहित महिलाहरु पनि परपुरुषसँगको सम्बन्धमा रहेका हुन्छन्।

प्रतिक्रिया