Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment फेवातालमा पौडी प्रतियोगिता हुने - Pnpkhabar.com

फेवातालमा पौडी प्रतियोगिता हुने

रबि धिताल,
October 10, 2018

कास्की, २४ असोज: पोखराको फेवातालमा पौडी प्रतियोगिता हुने भएको छ । नेपाल पौडी सङ्घ र कास्की जिल्ला पौडी सङ्घको आयोजनामा असोज २६ गते फेवातालको दुई दशमलब पाँच किमी दूरीमा आठौँ खुल्ला पौडी प्रतियोगिता गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पौडी खेलको विकास र विस्तार गरी खेल पर्यटनको विकासका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा विदेशी पर्यटकसहित लगभग ५० जना सहभागी हुनेछन् । पुरुष र महिलाको छुट्टाछुट्टै मूल्याङ्कन गरिने र फेवातालको बाराहीघाटबाट पारी पुगेर पौडीबाजहरु पुनः बाराहीघाटमै फर्कने रुट तय गरिएको छ ।
-रासस

प्रतिक्रिया