Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment बलात्कारका आरोपित पक्राउ - Pnpkhabar.com

बलात्कारका आरोपित पक्राउ

रबि धिताल

सप्तरी, २७ माघ: बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ ।

बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका आफन्तले नियन्त्रणमा लिई डोरीले बाँधेर राखेका थिए । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जिल्ला अदालतले मण्डलको म्याद गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । पीडित र आरोपितको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गए राति स्वास्थ्य परीक्षण गरिएको छ ।
-रासस

प्रतिक्रिया