पिएनपिखबर, भक्तपुर : भक्तपुरबाट हराएकी १० वर्षे बालिका सुनमाया तामाङ मृत भेटिएकि छिन। विद्यालयका शिक्षकसहित ६० जनाको समूहमा काठमाडौं उपत्यकाको शैक्षिक भ्रमणमा आएकी काभ्रे मण्डन देउपुरकि सुनमाया तामाङ एक महिना देखि हराएकि थिइन । सुनमायाको खोजीको लागि भक्तपुर प्रहरीले दुई पटकसम्म प्रहरीका तालिम प्राप्त कुकुरको प्रयोग समेत गरेको थियो ।

बालिकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगेता पनि पोष्टमार्टम रिपोर्ट भने अहिलेसम्म नआइसकेको अवस्थामा घटना कसरि भएको हो रहस्य सुल्झिसकेको अवस्था छैन। घटना घटेको २० मिनेटभित्रै प्रहरीलाई जानकारी गरउँदा समेत १ महिना पछी बालिकाको शब् कुहिएको अवस्थामा भेटिनुले प्रहरीको असमर्थता फेरी एकपटक सुनमाया तामाङको घटनाले प्रमाणित त गरिदिएको छ नै साथसाथै घटना झन् रहस्यमय बन्दै गएको छ।
परिवार सदस्य र विद्यालय शिक्षकले उनको लुगा र हुलियाका आधारमा शवको पहिचान गरेका थिए। बालिका हराएको दिनदेखि शनिबार बिहान भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ राधे राधेस्थित हनुमन्ते खोला किनारामा भेटिदासम्म उनी कहाँ र कुन अवस्थामा थिइन् ? उनीसँग के भयो र के गरियो ? उनी कसरी मृत्युको अवस्थामा पुगिन् ? शब् भेटिएसँगै यी सवाल उत्पन्न भएका छन। प्रहरी थप अनुसन्धानमा लागेको छ भने पोष्ट मार्टम रिपोर्ट आएपछि र थप अनुसन्धानले यो घटनाको रहस्यबारे नजिक पुग्न सकिन्छ।
बाँकी हेर्नुहोस भिडियोमा