Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment लागु औषधसहित तीन जना पक्राउ - Pnpkhabar.com

लागु औषधसहित तीन जना पक्राउ

रबि धिताल

काठमाडौँ, २८ चैत : प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट ठूलो परिमाणको लागु औषधसहित तीन जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–७ का २५ वर्षीय प्रमोदकुमार साह, सप्तरीको बेल्ही चपेना गाउँपालिका– ९ का ४३ वर्षीया गीता देवी र सुनसरीको बर्जुताल गाउँपालिका– ६ का ३० वर्षीया रन्भादेवी दास छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका अनुसार तीनै जनालाई चन्द्रागिरि नगरपालिका–२ बाट लागुऔषध नोर्फिन ५६७ एम्पुल, फेनारगन ६१५ एम्पुल, डाईजेल्याव ११८ एम्पुल, डाईजेपाम ४९१ एम्पुल र लुप्रिजेसिक ४९ एम्पुलसहित पक्राउ गरिएको हो । राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ५७८४ नंको बसमा जाँच गर्ने क्रममा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।
-रासस

प्रतिक्रिया