Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment विकासमा राजनीति विडम्बनापूर्ण : नेता सिटौला - Pnpkhabar.com

विकासमा राजनीति विडम्बनापूर्ण : नेता सिटौला

रबि धिताल

बनियानी, २९ माघ: नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनता सम्पन्न भए मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ । झापाको भद्रपुरमा आजदेखि शुरु भएको जिल्लास्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले वर्तमान सरकारले समग्र जनताको समृद्धिभन्दा पनि पार्टी कार्यकर्ताको समृद्धिमा ध्यान दिएको आरोप लगाउनुभयो । “सबै जनता सम्पन्न भए मात्र मुलुक समृद्ध बन्छ”, उहाँले भन्नुभयो । 

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ मा आफू सांसद हुँदा उक्त क्षेत्रको विकास लागि रु पाँच अर्ब बढीका भौतिक विकासका योजना ल्याएर काम तीव्र गतिमा अघि बढाएपनि वर्तमान सरकारले बजेट रोकेको भन्दै आपत्ति जनाउनुभयो । “काङ्ग्रेसको सरकारका पालामा शुरु भएका आयोजना अलपत्र पारिएका छन्”, उहाँले भन्नुभयो, “विकासमा राजनीति गरिनु विडम्बनापूर्ण छ ।” 

 

काङ्ग्रेस भद्रपुर–६ वडा समितिको आयोजनामा शुरु भएको जिल्लास्तरीय कबड्डी प्रतियोगितामा महिला र पुरुष गरी २० टोलीको सहभागिता रहेको खेल संयोजक रतिया राजवंशीले बताउनुभयो ।  

-रासस

प्रतिक्रिया