Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment शनिबार यी ७ चीजको सेवन नगर्नुहोस्, शनिको दशा निम्तिन सक्छ - Pnpkhabar.com

शनिबार यी ७ चीजको सेवन नगर्नुहोस्, शनिको दशा निम्तिन सक्छ

रिता घिसिंग

एजेन्सी : शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ भने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ। के के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ ?

सादा दुध वा दहीको सेवन शनिबार राम्रो मानिदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ। काँचो आपको अचार खान बाट बच्नुहोस्। रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ। माछा मासु पनि शनिबार नखाँदा नै राम्रो मानिन्छ । अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।

शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ। शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखाँदा नै राम्रो हुन्छ।

प्रतिक्रिया