श्रीमानको कत्तारमा मृत्यु भएको खबर पाएपछि गर्भवती श्रीमतीले गरिन् आत्माहत्या

मनिषा थापा

काठमाडौँ : श्रीमानको मृत्यु भएको वियोगमा श्रीमतीले आत्माहत्या गरेको घटना सार्वजनिक भएको छ । कतारमा पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर ज्यान गुमाउन पुगेका धनकुटाका ललित लिम्बुको श्रीमतीले पनि आत्माहत्या गरेकी हुन् ।

गत आइतबार ललितको मृत्यु भएको खबर पाएपछि उनकी श्रीमती टिकाले त्यसदिनको भोलिपल्ट सोमबार सोमबार झुण्डिएर आत्महत्या गरेकी हुन्।

प्राप्त जानकारी अनुसार, ललित र टिका दुवै दुबईमा बस्दै आएका थिए। टिका नेपाल फर्किएको एक महिना भएको थियो भने ललित पनि स्वदेश फर्किने तयारी मै थिए। टीका ५ महिनाकी गर्भवती भएको समेत् खुलेको छ।

प्रतिक्रिया