Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment सन्तोष तामाङको पहिलो शब्द सिर्जनामा निकै नै मार्मिक गीत "हिजो सम्म" सार्वजनिक - Pnpkhabar.com

सन्तोष तामाङको पहिलो शब्द सिर्जनामा निकै नै मार्मिक गीत “हिजो सम्म” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २८ चैत : नेपाली समाजमा घटिरहेको सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफुले प्राण भन्दा पनि धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरी र परिवारको बिचल्ली पारेर गएपछीको पिडालाई यस म्युजिक भिडियोमा देखाइएको छ।

भिडियोमा मोडेल अञ्जली अधिकारी, दीपक ढकाल र बाल कलाकार श्रुति ओलीको दमदार अभिनय हेर्न पाइन्छ। म्युजिक भिडियोमा जेनिथ शर्माको निर्देशन रहेको छ। हरिश महराको छायांकन, सुजन शाहिको सम्पादन रहेको यस भिडियोको कथा परिकल्पना भने मुना खरेलको हो। सन्तोष तामाङको पहिलो शब्द सिर्जना रहेको यस गीतमा रकेश ओलीको सङ्गीत, सङ्गीत संयोजन रहेको छ भने स्वर समेत ओलीकै रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया