Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment सुदूरपश्चिमाञ्चलद्वारा प्रदेश ३ लाई १५५ रनको चुनौती - Pnpkhabar.com

सुदूरपश्चिमाञ्चलद्वारा प्रदेश ३ लाई १५५ रनको चुनौती

रिता घिसिंग

काठमाडौँ : राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चलले प्रदेश नम्बर ३ लाई जीतका लागि १५५ रनको चुनौती दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ थालेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै १५४ रनमा समेटियो । सुदूरपश्चिमका लागि खड्ग बोहोराले सर्वाधिक ४० रनको योगदान दिदाँ रोशन अधिकारीले २७ रनको योगदान दिए । त्यस्तै नरेश बोहोराले २६ तथा शेर मल्लले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन विकेट लिए । त्यस्तै प्रतिश जिसी र जितेन्द्र ठकुरीले समान दुई÷ दुई विकेट लिँदा कप्तान पारस खड्का र नन्दन यादवे एक ÷एक विकेट लिए ।

प्रदेश ३ टोली चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने सुदुरपश्चिमाञ्चल एक अङ्क सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया