Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment हवाई आक्रमणमा १२ जना मारिए - Pnpkhabar.com

हवाई आक्रमणमा १२ जना मारिए

रबि धिताल

नाइजेरिया, १ जेठ: नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् । देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको छ ।

नाइजेरियाली हवाई सेनाका प्रवक्ता इबिकुन्ले डारामोलाले दिएको जानकारीअनुसार उनीहरूले अपहरणमा परेका १५ जनालाई अपहरणमुक्त गर्न पनि सहयोग गरेका छन् । मारिनेहरू आपराधिक समूहका व्यक्तिहरू भएको सरकारी सैन्य अधिकारीहरूले दाबी गरेको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया