अकस्मात श्रीमानको खुट्टा काट्नु परेपछि, अस्पतालबाटै रुँदै सहयोगको याचना गर्दै श्रीमती (हेर्नुहोस भिडियो)

रिता घिसिंग

पिएनपीखबर : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न ३ दुवाकोट निवासी कृष्ण प्रसाद दाहालको देब्रे खुट्टा काट्नु परेको छ । घरमा हिड्डुल गरिरहेका श्रीमान अचानक मेरो खुट्टामा झस्को पसेको भन्दै बिरामी परेका उनलाई २ दिन पछि अस्पताल लैजादा उनको शरीरको नशा सुकेका कारण खुट्टा नै काट्नु पर्ने स्थिति आएको उनका श्रीमती जयन्ति दाहाल बताउछिन।

श्रीमती जयन्ति दाहाल आफुसंग भएको सबै पैसा सकेपछि श्रीमानलाई कसरि जोगाउने भन्दै बिलौना गर्दैछिन। आफ्ना छोराछोरीलाई त अरुको सहायताको भरमा पढाई रहेका उनि श्रीमानको यी स्थिति देखेर आफुलाई सम्हाल्न सकिरहेकी छैनन्। दाहालको हाल काठमाडौँस्थित बीर अस्पतालमा उपचार भैरहेको छ। अझै उनको उपचार गर्न ५ लाख लाग्ने डाक्टरले बताए।

अहिलेसम्म नातेदारसँग ऋण गरेर उपचार भईरहेको र अब भने खर्चको अभावले उपचारमा समस्या भईरहेको उनले बताए। उनले पिएनपिमिडियामार्फत आर्थिक सहयोगको याचना गरेका छन्। उपचारमा आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुले फोन नम्बर ९८५१०१८०६३ र हाम्रो अफिसियल फेसबुक पेज पिएनपिखबरडटकममा पनि म्यासेज गर्नसक्नुहुनेछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू