अक्षय कुमारको चलचित्र ‘केसरी’को ट्रेलर सार्बजनिक (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : फिल्म प्याडम्यानको सफलतापछि बलिउड अभिनेता अक्षय कुमारको नया फिल्म केसरीको ट्रेलर सार्बजनिक भएको छ। ट्रेलर एकदम शानदार छ। जसमा अक्षय कुमार हातमा तरवार र सिखको अवतारमा देखा परेका छन्। फिल्मको ट्रेलरले सामाजिक संजालमा एकदम राम्रो प्रतिक्रिया पाईरहेको छ। 

केसरीको ट्रेलरमा अक्षय कुमारको साथ अभिनेत्री परिणीति चोपड़ाको पनि दमदार अभिनय देख्न सकिन्छ। फिल्ममा परिणीति चोपड़ा अक्षय कुमारकी पत्नीको भूमिकामा देखिएकी छिन। अक्षय कुमार फिल्ममा ईशर सिंहको भूमिकामा देखा परेका छन्। भनिन्छ केसरी फिल्म वास्तविक घटनामा आधारित छ। फिल्म सन् १८९७ सेब्टेम्बर १२ का दिन  सारागढ़ीको लडाईमा आधारित छ। जसलाई बैटल ऑफ सारागढ़ी भनिन्छ। 

 हेर्नुहोस यस फिल्मको शानदार ट्रेलर :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू