अचारवाली दिदीले बाढीपिडितलाई गर्दैछिन् २ लाख बराबरको सहयोग ( भिडियो)

मनिषा थापा

पिएनपिखबर : अचारवाली दिदीको नामबाट प्रख्यात बसु माया तामाङले तराईका बाढी पिडितका लागि राहत प्रदान गर्ने भएकी छिन्। ‘नेपाल मन उद्योग’की संचालिका रहेकी तामाङले खाद्यान्न तथा लत्ताकपडा गरेर करिब २ लाखको राहत सामाग्री बाढीपिडितलाई हस्तान्तरण गर्न लागेकी हुन्।

नेपाल महिला चेम्बरको बाढीपिडित राहत संकलन अभियानमार्फत उनले राहत सामाग्री पठाउने भएकी छिन्। उनले नेपालीले नेपालीलाई सकेको सहयोग गर्यौ भने कोहि पनि नेपाली दुखि हुनु नपर्ने बताईन।

बसु माया तामाङ पनि विगतको दिनमा निकै संघर्ष गरेर अहिले सफल महिला उद्द्मी बनेकी छिन्। उनले जीवनमा ठुलो उतारचढाव भोगेकी छिन्।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू