अजय देवगनले पत्नी काजोलको बारेमा यस्तो लेखेपछि बने ट्रोलको शिकार !

मनिषा थापा

एजेन्सी :  बलिउडका अभिनेता अजय देवगनले श्रीमती नायिका काजोलको निजी मोबाईल नम्बर ट्विटरमा शेयर गरेका छन्। जसका कारण अहिले उनी ट्रोल बनेका छन्।

अजयले आफ्नो भेरिफाई भएको अकाउन्टबाट काजोलको मोबाईल नम्बर साँझ ५ बजेर ११ मिनेटमा पोस्ट गर्दै लेखे,’ काजोल अझै देशमा छैनन् उनलाई ह्वाट्सपको नम्बर ९८२६०XXXXX मा कन्ट्याक गर्न सक्नुहुनेछ।’ काजोल केही समयदेखि चलचित्रको प्रमोशनका लागि देश बाहिर प्रचार प्रसारमा छन्।


अजय देवगनको यस्तो ट्विट पछि सोशल मिडियाका कमेन्टको ओईरो लागेको छ। भारतीय कानुनका अनुसार कुनै जानकारी बिना नै कसैको प्राईभेट जीवनमा असर पर्ने खालको काम गरेमा उसलाई तीन वर्षको कैद र २ लाख जरिवना हुनेछ । तर यहाँ अजय देवगनलाई भने यो कारवाही हुनेछैन किनकी उनी काजोलका पती हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू