राजमार्गमा राखिएको बुद्धको मुर्ति तोडफोड !

मनिषा थापा

साउन, २ : रूपन्देहि जिल्लाको सिद्धार्थ राजमार्ग तिलोत्तमा नगरपालिकामा बुद्धकाे मुर्ति ताेडफाेड भएको छ। गए राति अज्ञात समूहले मुर्तिको तोडफोड गरेको हो।

खबर अनुसार, लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा बुद्ध मुर्ति राखेको थियोे । ती राखिएका २२ वटा मुर्तिमध्ये गएराती ५ वटा तोडफोड भएका छन् ।

६ लेन सडक बुद्धमय बनाउने गरी डिभाइडरमा मुर्तिहरु राखिएको थियो । यहा राखिएका मुर्तिहरु मध्ये शंकरनगर र नया मिलवीचका मुर्तिहरु तोडफोड भएका छन् । शान्तिका प्रतिक बुद्धको मुर्ति कसले र किन तोडफोड गर्यो भन्ने खुलेको छैन । यस बारे प्रहरी अनुसन्धान गरिराखेको छ।

तिलोत्तमाका सडकमा ३ फुटको आसन र ३ फुटको मुर्ति राखिएका थिए । मुर्तिहरु नजिक नजिकको दूरीमा राखिएको थियो । यस किसिमका मुर्ति सिक्सलेन सडक डिभाइडरको २५० देखि ३०० मिटर दुरीमा राखिएको छ ।

प्रतिक्रिया