अण्डा शाकाहारी कि मांशाहारी ? थाहा पाउनुहोस्

रिता घिसिंग

एजेन्सी : आखिर अण्डा शाकाहारी हो कि मांशाहारी ? यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गर्दै आएका छन् । तर वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अण्डा मांशाहारी कि शाकाहारी भन्ने बहसलाई अब अन्त्य गरिदिनेछ ।

बजारमा पाइने धेरै अण्डाहरु बतासे, अर्थात् गर्भाधान नभएका अण्डा हुन् । अर्थात् यी अण्डाबाट चल्ला कोरलिँदैन । यसको अर्थ त्यस्ता अण्डाहरु विज्ञानको नजरमा शाकाहारी हुन् ।

अण्डामा तिनवटा प्रष्ट तह हुन्छन् । पहिलो बाहिरी बोक्रा, दोश्रो सेतो भाग र तेश्रो पहेँलो भाग ।

सेतो भाग प्रोटिनको निकै उत्कृष्ट श्रोत हो । त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकाले अण्डाको त्यो भाग पूर्णरुपमा शाकाहारी हो ।

पहेँलो भागको कुरा गर्दा त्यसमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ । जब कुनैपनि अण्डा पोथीमा भाले लागेर पारिएको वा गर्भाधान भएको हुन्छ तबमात्र त्यो अण्डा मांशाहारी बन्दछ । अन्यथा अण्डाको पहेँलो भागपनि शाकाहारी नै हुन्छ ।

अतः अण्डाका पारखीहरु अब ढुक्क भए हुन्छ । तपाइँ शाकाहारी हुनुहुन्छ भनेपनि तपाइँले नकोरेलिने बतासे अण्डा खान सक्नुहुन्छ । किनकि बतासे अण्डा शाकाहारी नै हुन्छ ।

प्रतिक्रिया