अनुष्का शेट्टीसँगको सम्बन्धबारे प्रभासले मुख खोले

रिता घिसिंग

एजेन्सी : ‘कफी विद करण’ को आगामी एपिसोडमा फिल्म बाहुबलीको टिम देखिनेछन् । करण जोहरको यस शोको आगामी एपिसोडमा अभिनेता प्रभाष, राना दग्गुबाती र एसएस राजमौलीले प्रश्नको कडा जवाफ फर्काउनेछन् । स्टार वल्र्डमा यस शोको नयाँ दुई प्रोमो रिलिज गरिएको छ, जहाँ अभिनेता प्रभाषको निजी जीवनसँग जोडिएको केही प्रश्नहरु गरिएको छ ।

शोमा अभिनेता प्रभाषलाई अभिनेत्री अनुष्का सेट्टीसँगको सम्बन्धको बारेमा सोधिएको छ । अभिनेता प्रभाषले जवाफ पनि फर्काएका छन् । ¥यापिड फायर राउण्डमा करण जोहरले प्रभाष र राना दग्गुबातीलाई प्रश्न गरे, ‘तपाइहरु सिंगल हो ?’

दुवैले जवाफ दिए, ‘हो’ । त्यस्तै करणले दोस्रो प्रश्न पनि गरे, ‘के तपाईले काउचमा झुटो बोल्नु भएको हो ? अभिनेता प्रभाषले तुरुन्तै जवाफ फर्काए, ‘हो’ । यसरी अभिनेता प्रभाषले आफ्नो रिलेशनसिप स्टाटसमा गोलमाल गर्दै जवाफ फर्काएपछि फ्यानहरु पुनः एक पटक अलमलमा परेका छन् ।

फिल्म बाहुबलीपछि अभिनेता प्रभाष र अभिनेत्री अनुष्काको सम्बन्धको चर्चा चलिरहेको छ । यो जोडीले एक अर्कालाई डेट गरिरहेका समाचारहरु पनि निकै भाइरल बनेको थियो । साथै यो जोडीले अभिनेता प्रभाषको आगामी फिल्म ‘साहो’ रिलिज पश्चात बिहे गदैछन् भन्ने समाचारहरु आइरहेको छ । तर अहिलेसम्म यो जोडीले आफूहरु असल साथी मात्र भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू