अनु तामाङ अन्ततः नेपाल फर्किन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ साउन: कुवेतमा बेचिएकी नुवाकोटको महाकाली ८ की अनु तामाङ अन्ततः नेपाल फर्किएकी छन । ५/६ महिना अघि दलालको प्रलोभनमा परि भारत हुँदै कुवेत पुगेकी तामाङलाई चलचित्र निर्देशक जिबि आग्रीको निरन्तरको प्रयासले नेपाल फर्काउन सफल भएको हो ।

राम्रो पैसा सहितको राम्रो काम पाउने आशामा कुवेत पुगेकी तामाङले फेसबुकमा भिडियो सार्वजनिक गर्दै आफुलाई तत्काल निकाल्न गुहार मागेकी थिइन । नेपालीबाटै बेचिन पुगेकी उनलाई घरमा काम गर्ने शाहुले बन्धक बनाई यातना दिने गरेका थिए । अहिले नेपाल आउन पाउँदा पीडित तामाङले खुशी व्यक्त गरिन ।

विदेशी भुमिमा बेचिएकी नेपाली चेलीले सामान्य चिनजानका आधारमा गुहार मागेपछि उनको उद्दारमा लागेको निर्देशक तथा समाजसेवी आग्रीले बताए । सरकारले भारत तथा तेस्रो मुलुक हुँदै विदेश पुग्ने नेपालीको बारेमा विशेष निति तयार गर्नुपर्ने उनको भनाइ छ । उनको रिहाइका लागि सरकारलाई दबाब सृजाना गराउन अनु “तामाङ उद्धार अभियान” नामक ह्यासट्याक सहितको अभियान नै सुरु भएको थियो ।

दिनानुदिन नेपाली चेली बेचिहँदा समेत सरकारले खास कदम चाल्न सकेको पाइदैन । मानवबेचविखन रोक्नका लागि खोलिएका सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत यस कार्यमा उल्लेख काम गरेको पाइदैन ।

प्रतिक्रिया