अन्तरिक्षको फोहोरको डङ्गुर बनिसक्यो ९५ प्रतिशत मानवनिर्मित उपग्रह

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  आज संसारभर सबै विकसित र विकासशील देश अन्तरिक्षमा आफ्नो पहुच बनाउनमा जुटिरहेका छन्। यसमा पहिलो नाम निर्विवाद र निश्चित रूपमा अमेरिकाको छ। दोस्रो नम्बरमा रुस रहेको छ। तर अन्तरिक्षमा उपग्रह वा सेटलाइट पठाउँने होड बाजीले बाहिरी कक्ष जसलाई हामी अन्तरिक्ष मान्छौ, त्यहाँ फोहोरको थुप्रो लगाईएको छ।

यस फोहोर यति धेरै बढेको छ की अब त्यहाँ पनि स्वच्छता मिशन चलाउन आवश्यकता रहेको महसूस गरिएको छ। नत्र त्यस फोहोरका कारण अन्तरिक्षमा क्रियाशील अन्य उपग्रहसँग टक्राउन सक्छ र ठुलो नोक्सान पनि हुनसक्दछ। व्रिटेनले अन्तरिक्षमा एक सेटलाइट पठाएको थियो जुन पृथ्वीको कक्षामा एक जालो लगाएको छ।

ब्रिटेनले यस सफाईको काम पनि शुरु गरेको छ। यसमा फोहोर जम्मा गरिन्छ। प्रयोगको तौरमा शुरु गरिएको जोड त्यस प्रयासको भाग हो जसको सहारा अन्तरिक्षको फोहोर मुक्त बनाउने योजना रहेको छ।

प्रतिक्रिया