अपराधमा न्याय दिलाउन नेपाल असफल

admin

काठमाडौं,साउन १४: सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् ।

एमनेस्टी इनटरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गर्दै टिआरसी पुनर्गठनमा भइरहेको ढिलाइ र आयुक्त नियुक्तिको ‘अपारदर्शी प्रक्रिया’ प्रति असन्तुष्टि जनाएका छन् । यो समाचार घनश्याम खड्काले कान्तिपुर दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया