अपाङ्गसँग पोइल गइ भनेर घरपरिवारले नै छुटाए, १८ महिना पछि श्रीमती घर फर्केर आउदा प्रदिप दङ्ग [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। प्रदिप पाठक अशक्त ब्यक्ती हुन । उनको दुबै खुट्टा छैन तर पनि जिन्दगीमा हार भने कहिल्यै खाएनन । उनी घिसृदै जिन्दगीको दुखद घेराहरु पार गर्दै थिए । उनी आफैमा अशक्त भए पनि अरु ब्यक्तिलाइ आफू जस्तो नहोस भनी निकै सम्झाउथे । उनको गरिखाने बाटो नभए पछि उनी निकै दुखमा थिए । उनको जीवनमा न कसैको दयामाया थियो न कसैको पहल।

जिन्दगिको अनेकौ खुड्किलाहरु पार गर्ने क्रममा उनलाई एक युवतीसङ्ग प्रेम हुन पुग्यो । ब्लफ कलबाट शुरु भएको सम्बन्ध प्रेम हुँदै विवाह बन्धनमा बाधिने सम्मको भयो। प्रदिपले सत्य नलुकाई भनेका पनि थिए म तिम्रो लायकको केटा छैन भनेर तर केटिले भने मायाको अगाडि सबै चिज झुक्ने गर्छन भन्दै सान्तोना दीईन् ।

प्रदिपलाइ एउटै कुराले पिरोल्थियो यदि भेट भयो भने मलाइ देखेर उस्को मनमा के बित्ला ? नभन्दै एक दिन प्रदिपकै घरमा भेटन आउने निधो गरिन ती युवतिले र प्रदिपले पनि नआउ भन्न सकेनन । भेट्न आउदा केटि झसङ्ग भइन पाठकको त्यस्तो अवस्था देख्दा ।

एकछिन केटि हेरेको हेर्यै भइन अनि भनिन म तपाइलाइ धेरै माया गर्छु । तपाईं केही चिन्ता नलिनुस म र तपाईं छिट्टै बिहे गर्नुपर्छ अनि म दिन्छु हजुरलाई साहारा भन्दा पाठकको खुशिको सिमा नै थियन । त्यति भैरहदा उनिहरुको बिहे पनि भयो ।

उनिहरु हासी खुसी जिउन लागेका थिए । हरेक दुखमा साथ दिन थालेकी थिइन उनले पनि । एक्कासी केटिलाइ माइतबाट फोन आयो र माइती तर्फले भने अब त हाम्रो लागि मरिस त अब बाउआमा छन भनेर आउनु पर्दैन । त्यस्तो मान्छेसङ्ग किन बिहे गरिस त मरिस हाम्रो लागि भन्दै फोन आउदा एक्कासी घरबाट निस्केर हिडेकि पाठककि श्रीमति आज १८ महिना पछि फेरि फर्किएकी छिन ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू