अफगानिस्तानमा विस्फोट दश सर्वसाधारण घाइते

रिता घिसिंग

अफगानिस्तान : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक कारबम विस्फोटमा परी कम्ती १० सर्वसाधारण घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रमुखले शुक्रबार सो जानकारी दिनु भएको छ । बिहीबार राति प्रान्तीय राजधानी कान्दाहार शहरको छिमेकमा पर्ने हिनो मिना क्षेत्रमा सो कारबम विस्फोट भएको थियो ।

यस बम विस्फोटमा परी छ बालबालिका र चार महिला घाइते भएका छन् । कैयौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ । यस कारबम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

युद्धग्रस्त यस देशमा भएको विभिन्न द्वन्द्वको कारण सन् २०१८ मा ३ हजार ८०० सर्वसाधारणको मृत्यु भएका थियो भने ७ हजार १८० व्यक्ति घाइते भएका थिए ।रासस

प्रतिक्रिया